येशू र स्त्रीहरु

पहिलो शताब्दी र वर्तमान समयमा

येशू र स्त्रीहरु

पहिलो शताब्दी र वर्तमान समयमा

हामी को हौँ

हामी अनुवाद गर्छौं

नि:शुल्क दिनको लागि हामी 'येशू र स्त्रीहरु' अध्ययनलाई विभिन्न भाषाहरूमा अनुवाद गर्छौं।

हामी साझेदारी गर्छौं

हामी विश्वभर येशू र स्त्रीहरुको सन्देश पुर्याउन स्थानिय अगुवाहरू र संस्थाहरूसँग साझेदारी गर्छौं।

हामी सशक्त बनाउँछौँ

हामी समुदायहरूलाई येशूले ल्याउनुहुने पुनर्स्थापना गर्ने न्यायलाई अनुभव गर्न र जान्न सशक्त बनाउँछौँ।

हाम्रो संस्थापक

कृष्टी एक बाइबल प्रोफेसर र बाइबलीय संस्कृतिविद हुनुहुन्छ, जसले 'येशू र स्त्रीहरु' बाइबल अध्ययन लेख्नुभयो। उहाँको उद्देश्य यस अध्ययनलाई अनुवाद गर्नु र नि: शुल्क उपलब्ध गराउनु हो।

हामी कहाँ कहाँ छौँ

कृष्टी म्याक्लेलेन्डको बारेमा

कृष्टी Williamson College मा प्रोफेसर हुनुहुन्छ, र बाइबलीय संस्कृतिविदको रुपमा सेवा गर्नुहुन्छ। उहाँले Dallas Theological Seminary बाट ईसाई शिक्षामा स्नातकोत्तर डिग्री प्राप्त गर्नुभएको छ, र उहाँले बाइबल अध्ययन कसरी गर्ने भनेर सिकाउन आफ्नो जीवन समर्पित गर्नुभएको छ।

२००७ मा इजरायल र इजिप्टमा अध्ययन पुरा गर्नु भएपछी, र परमेश्वर आफुलाई थाहा भएको भन्दा पनि असल हुनुहुँदो रहेछ भनेर महसुस गर्नु भएपछी, कृष्टीले बाइबललाई त्यसको ऐतिहासिक, भौगोलिक र भाषिक पृष्ठभूमिमा रहेर मध्य-पूर्वी दृष्‍टिकोणबाट सिकाउँदै हुनुहुन्छ। परमेश्वरले के भन्दै हुनुहुन्छ भन्ने कुरा लिन आफैंलाई तयार गर्न कृष्टीले विश्वासीहरुलाई प्रोत्साहन दिनुहुन्छ, जुन सामुहिक रुपमा वचनलाई अनुभव गरेर प्रभावशाली तरिकामा गर्न सकिन्छ। कृष्टीले टेबुलको सङ्गतीद्वारा, सत्कारको अभ्यासद्वारा, र समुहमा रहेको ज्ञानद्वारा महसुस गरिने परमेश्वरको भलाईको बारे सिकाउनुहुन्छ।

Williamson College मा प्रोफेसर र ईसाई शिक्षाको निर्देशक रहनुभएको समयको दौरानमा र स्थानिय मण्डलीहरुमा स्त्रीहरुको बिचमा गर्नुभएको सेवकाईको दौरानमा कृष्टीले हजारौँलाई शिक्षा दिनुभएको छ, र डोर्याउनुभएको छ। २००८ सालदेखी उहाँले इजरायलमा बाइबल अध्ययन भ्रमणहरु अगुवाइ गर्नुभएको छ, र डा. जिम मार्टिन, रब्बी केन आल्प्रेन र विश्व-प्रख्यात इजरायली पुरातत्वविद् डा. ग्याबी बार्के जस्ता व्यक्तीहरुबाट शिक्षा र तालिम पनि लिनुभएको छ।

इजरायल, टर्की, ग्रीस र इटाली देशहरुको भ्रमणहरु सँगै, मध्य-पूर्वी चस्माबाट हेरेर बुझ्ने कक्षाहरुले मध्य-पुर्वी परिवेशमा नै रहेर बाइबललाई अध्ययन गर्न र कदर गर्न पश्चिमेलीहरुलाई सहयोग हुन्छ, जुन मध्य-पूर्वीहरुद्वारा लेखिएको थियो। यो चस्माले बाइबलमा भएका पात्रहरुले गरेका, भनेका र लेखेका कुराहरुको अर्थलाई गहिरिएर हेर्न मद्दत पुग्छ। बाइबलीय ढाँचाको यो किसिमको बुझाईले, हामीलाई निरन्तर खोजी गर्नुहुने जीवित परमेश्वरप्रती आफ्नो आँखाहरु, कानहरु र हृदयहरु खोल्ने स्थानमा राख्छ।

मण्डलीहरु, कलेजहरु, संस्थाहरु र अन्य समुहहरुलाई मध्य-पूर्वी चस्माबाट बाइबललाई बुझ्न सहायता गर्न कृष्टी तयार हुनुहुन्छ।